नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व: आदर्श बालिका माध्यमिक विद्यालयलाई शैक्षिक सहयोग

बुधबार, ०७ फागुन २०८१, १० : ०७

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं. ७ मा अवस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ।

एक विशेष कार्यक्रमका बीच बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, नतसी राम कुमार तिवारीले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका सदस्यहरूलाई उक्त शैक्षिक सामग्रीहरू हस्तान्तरण गरे। यस अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, नतसी राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत नतसी विकास आनन्द, प्रमुख कर्जा अधिकृत नतसी अजर्सन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत नतसी रितेश अर्याल लगायत बैंक तथा विद्यालयका उच्च पदाधिकारी, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि निरन्तर यस्ता सहयोग कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। बैंकले हाल १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत आफ्ना सेवाहरू प्रदान गरिरहेको छ।

बुधबार, ०७ फागुन २०८१, १० : ०७

प्रतिक्रिया