काठमाडौं - इम्बार्क एजुकेशन नेटवर्क लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले जगेडा पुँजीबाट १०० रुपियाँ अंकित दरका थप १२ लाख ४ हजार कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
हकप्रद सेयर खरिद गर्न इच्छुक सेयर धनीले १५ दिनभित्र आफूले खरिद गर्ने हकप्रद सेयरबापतको रकम एभरेष्ट बैंकमा रहेको कम्पनीको खातामा जम्मा गरी भौचर कम्पनीको रजिष्टर्ड कार्यालयमा बुझाउनु पर्नेछ ।
साथै सेयरधनीले तोकिएको समयभित्र हकप्रद खरिद नगरेमा तत्पश्चात् कुनै दाबी वा उजुरी नलाग्ने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया