काठमाडौं - युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह सहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठुलो आवासीय क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा उक्त क्षेत्रमा बस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधवार बताएका छन् । नगर प्रमुख गेन्नाडी ट्रुखानोभले टेलिग्राममा भनेका छन्, “सहरको घना बस्ती भएको क्षेत्रमा शत्रुको ठुलो आक्रमणका कारण आवासीय क्षेत्रको ठुलो भागमा बिजुली, पानी र विद्युतको अभावमा अन्य सेवा प्रभावित बनेका छन् ।
उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । विगत तीन वर्षदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारका साथै यसका सहर र गाउँहरूलाई लक्षित गर्दै आएको छ।
युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले वार्ताका लागि टोली गठन गर्न सहमत भएको एक दिनपछि ओडेसामा आक्रमण भएको हो । रासस
प्रतिक्रिया