काठमाडौं - क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि (ईपीओ) प्राथमिक सार्वजनिक शेयर निष्काशन गर्ने घोषणा गरेको छ।
यो आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिले नै जारी गरिएको आईपीओ बाँडफाँटपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरूका लागि खुल्ला गरिएको हो। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्न पाएको छ।
यसअघि १० प्रतिशतको भाग, जुन २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको थियो। यसबाहेक कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूको लागि १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर बाँडफाँट गरिएका छन्।
अब, कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्दै छ। आईपीओको लागि आवेदन १० कित्ताबाट १० हजार कित्तासम्म गर्न सकिनेछ।
लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा पूर्ण आवेदन प्राप्त नभएमा, निष्काशन अवधि चैत ७ गतेसम्म थप गरिनेछ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओको शेयर निष्काशन र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।
आवेदन दिनका लागि, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएका सम्पूर्ण आस्बा सदस्य बैंक र वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू र सिडिएस एण्ड क्लियरिंग लिमिटेड द्वारा प्रदान गरिएको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ।
प्रतिक्रिया