एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

विहीबार, ०८ फागुन २०८१, १० : ५४

काठमाडौं - एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबार  आजसम्म आवेदन दिन सकिने भएको छ । एनएमबी क्यापिटलले २४ माघदेखि सामूहिक लगानी कोष एमएबी हाइब्रिड फन्ड एल–२ को इकाइ खरिदका लागि  आवेदन माग गरेको थियो ।


क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फन्ड एल–२, १० वर्षे बन्दमुखी योजना हो ।

साथै, यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फन्डभन्दा तुलनात्मक रूपमा कम जोखिम हुने गर्दछ । उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म अर्थात् प्रति इकाई १० रुपैयाँका दरले १ हजारदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फन्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक कम्पनी एनएमबी बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरेको हो ।

फन्डको कुल १२ करोड इकाइमध्ये कोष प्रवर्द्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पुँजी बराबरको १ करोड ८० लाख इकाइ र ५८ हजार ४४० सर्वसाधारण-संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाइका लागि आवेदन परेको जनाइएको छ ।

म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई (इक्राएनपी–आईआर) ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई (इक्राएनपी एएमसी) क्वालिटी २ रेटिङ प्रदान गरेको छ ।
 

विहीबार, ०८ फागुन २०८१, १० : ५४

प्रतिक्रिया