नेपाल फाइनान्सको ११ लाख कित्ता सेयर लिलामी भर्ने आज अन्तिम मौका

विहीबार, ०८ फागुन २०८१, ११ : ५१

काठमाडौं - नेपाल फाइनान्स १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (फागुन ८ गते) अन्तिम दिन हो । 

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । 

यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।


 

विहीबार, ०८ फागुन २०८१, ११ : ५१

प्रतिक्रिया