काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा चार उपसूचकमा हरियाली भएको छ । जीवन बीमा समूहको २.४२ प्रतिशत,व्यापार समूहको ३.७७ प्रतिशत, अन्य समूहको ०.५७ प्रतिशत र निर्जीवन बीमा समूहको ०.६४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६५ करोड ६६ लाख रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको३८ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन सिईडिबिको ३६ करोड, एनआरएनको २२ करोड र नारायणीको १९ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया