नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

विहीबार, ०८ फागुन २०८१, १६ : ३७

काठमाडौं - नेप्सेमा आज तीन कम्पनीको सेयर सूचीकृत भएको छ । आज नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश सेयर सूचीकृत भएको हो ।

शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयर बापतको ४२ लाख ९८ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत बोनस बापतको ११ लाख १० हजार ४ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

साथै, कृषि विकास बैंकको ३ प्रतिशत बोनस बापतको ४० लाख ३५ हजार ५ सय २ कित्ता सेयर सूचीकृत भएको छ । अब यी कम्पनीहरुको सेयर नेप्सेमा आइतबार फागुन ११ गते देखि दोस्रो कारोबारमा आउनेछ ।
 

विहीबार, ०८ फागुन २०८१, १६ : ३७

प्रतिक्रिया