काठमाडाैं- बजाज प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता परीक्षण तथा प्रदर्शन गर्न आयोजित ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। तौलिहवाको बुद्ध पद्म मा.वि. खेल मैदानमा केदारनाथ अटोमोबाइल्सद्वारा आयोजित यस कार्यक्रममा थुप्रै उत्साही प्रतियोगीहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा प्रशान्त श्रीवास्तवले ९३ किलोमिटर प्रति लिटरको उत्कृष्ट माइलेज प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै, अशोक कुमार मौर्यले ८९ किलोमिटर प्रति लिटर माइलेज प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरे भने ८७ किलोमिटर प्रति लिटर माइलेजका साथ साकिर हुसेन तेस्रो स्थानमा रहन सफल भए।
बजाज माइलेज च्याम्पियन प्रतियोगिताले प्लाटिनाको इन्धन दक्षता, भरपर्दो प्रदर्शन, र उत्कृष्ट माइलेज क्षमतालाई उजागर गर्नुका साथै चालकहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्यो। आयोजकका अनुसार यो प्रतियोगिताले न्यूनतम इन्धनमा अधिकतम दूरी पार गर्न सकिने तथ्यलाई प्रमाणित गर्दै ग्राहकवर्गलाई प्लाटिनाको विशिष्टताहरूबारे जानकारी गराउने लक्ष्य राखेको थियो।
बजाजका मोटरसाइकलहरूमध्ये प्लाटिना इन्धन बचतका दृष्टिले सर्वाधिक लोकप्रिय रहेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोक्ताहरूलाई कम इन्धन खपत गर्ने विकल्पतर्फ आकर्षित गरिरहेको छ। यही परिप्रेक्ष्यमा, प्लाटिना मोटरसाइकलले अधिकतम माइलेज प्रदान गर्दै सर्वसाधारण उपभोक्तामाझ लोकप्रियता हासिल गरिरहेको छ।
कम्पनीका अनुसार नयाँ पुस्तामा बढ्दो इन्धन खपत गर्ने मोटरसाइकलको प्रवृत्तिलाई सन्तुलित बनाउन प्लाटिनाको किफायती विशेषताहरूबारे व्यापक प्रचार गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको थियो।
माइलेज च्याम्पियन कार्यक्रममा सहभागी उत्कृष्ट प्रतियोगीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया