सिटिजन लाइफ इन्स्योरेन्सकाे शानदार उपहार: २८.४% लाभांश घाेषणा!

शुक्रबार, ०९ फागुन २०८१, ०९ : ४३

काठमाडाैं- सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८०।८१ को आकर्षक लाभांश घोषणा गर्दै हर्षको सन्देश फैलाएको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमा २६.९८ प्रतिशत बाेनश शेयर तथा कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश समावेश छ।

शेयरधनीहरूको लगानीलाई थप मजबुत बनाउन गरिएको यो निर्णयले कम्पनीको दीर्घकालीन रणनीति र समृद्ध भविष्यप्रति प्रतिबद्धता झल्काउँछ। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए पश्चात्, आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

सिटिजन लाइफ इन्स्योरेन्सको यो निर्णयले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। कम्पनीको मजबुत वित्तीय स्थिति र लगानीकर्ताप्रतिको उत्तरदायित्व झल्काउने यस घोषणाले शेयरधनीहरूलाई आर्थिक लाभ मात्र नभई विश्वसनीयताको पनि थप आधार प्रदान गर्नेछ।

शुक्रबार, ०९ फागुन २०८१, ०९ : ४३

प्रतिक्रिया