एमबीएल इक्विटी फण्ड फागुन २२ गतेदेखि

शुक्रबार, ०९ फागुन २०८१, १० : ५५

काठमाडौं- कोष प्रवद्र्धकमा माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरी माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको सामूहिक लगानी कोष ‘एमबीएल इक्विटी फण्ड’ यही फागुन २२ गतेदेखि निष्कासनमा आउने भएको छ।

फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। कुल इकाईको १५ प्रतिशत इकाईमध्ये १४ प्रतिशतले हुने १ करोड ६८ लाख इकाई कोष प्रवद्र्धकको लागि र १ प्रतिशतले हुने १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरिएको छ।

यसरी बाँकी बसेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि जारी गर्न लागिएको हो। फण्डमा आवेनद दिँदा घटीमा १०० इकाई र बढीमा १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फागुन २६ गतेसम्म दिन सकिनेछ भने उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा चैत ७ गतेसम्म लम्बिनेछ।

यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अुनमति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् पनि आवेदन दिन सक्नेछन्।

यो फण्ड १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। यसको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट तथा बैंकिङ्ग लिमिटेड रहेको छ।

शुक्रबार, ०९ फागुन २०८१, १० : ५५

प्रतिक्रिया