काठमाडौं - यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न क्षेत्रका पाँच वटा कम्पनीका शेयरहरू सूचीकृत भएका छन्।
ती कम्पनीहरूमा छिमेक लघुवित्त, सान्जेन जलविद्युत कम्पनी, कृषि विकास बैंक, शिवम् सिमेन्ट र फस्र्ट माइक्रोफाइनान्स समावेश छन्।
नेप्सेमा आइतबार, छिमेक लघुवित्तको ८ प्रतिशत बोनश शेयरको रूपमा २३ लाख ८१ हजार ७३७ कित्ता शेयर सूचीकृत भएको थियो। यसपछि, मंगलबार सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ५० हजार कित्ता शेयर थपिएका छन्।
बिहीबार, कृषि विकास बैंकको ३ प्रतिशत बोनश शेयरका ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८ दशमलव ५५ प्रतिशत बोनश शेयरको ४२ लाख ९८ हजार ८५ कित्ता र फस्र्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनश शेयरका ११ लाख १० हजार ४४४ कित्ता नेप्सेमा सूचीकृत भएका छन्।
प्रतिक्रिया