सानिमा फ्लेक्सि फन्डमा आवेदन दिने समय थपियो

आइतबार, ११ फागुन २०८१, १० : ०७

काठमाडौं - सानिमा फ्लेक्सि फन्डमा आवेदन दिने समय थपिएको छ । अब फागुन २० गतेसम्म आवेदन दिन सकिने छ । 

यसअघि फन्डमा फागुन ११ गतेसम्म आवेदन दिने समय रहेको थियो । क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री निष्कासन गरेको थियो ।

क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई बिक्री खुला गरेको हो । यस योजनामा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

क्यापिटलले १ करोड ३० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी सानिमा क्यापिटललाई सुरक्षित राखेको छ । बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।


न्यूनतम १०० देखि अधिकतम ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

आइतबार, ११ फागुन २०८१, १० : ०७

प्रतिक्रिया