फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

आइतबार, ११ फागुन २०८१, १० : १६

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको २ लाख १७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको २ लाख १७ हजार ७१४ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाल संस्थाका संस्थापक व्यक्ति तथा संस्थाले मात्रै खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। 

यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बिक्रीमा राखिएको सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। सेयर खरिदका लागि काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।
 

आइतबार, ११ फागुन २०८१, १० : १६

प्रतिक्रिया