काठमाडौं - तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले पारित गरेको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) सम्बन्धित सेयरधनीको खातामा पठाइएको छ।
हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ। तत्पश्चात् नगद लाभांश सेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक तथा वित्तीय संस्थाको खातामा पठाइने जनाएको छ।
साथै गत पुस ६ गतेसम्म सेयर धितो राखेर ऋण लिएका सेयरधनीले ऋण लिएको बैंक वित्तीय संस्थाबाट एनओसी लेटर वा फुकुवा पत्र दिएपछि मात्रै नगद लाभांश पठाइने पनि बताएको छ। होटल्सको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया