काठमाडौं - आईजिआई प्रुडेन्शियल इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते गते बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीले फागुन २५ गते साधारण सभा आह्वान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रिया