हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

आइतबार, ११ फागुन २०८१, १३ : २७

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आज काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा बिहान साढे १० बजेदेखि सुरु भएको थियो।

सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस निर्णयसँगै कम्पनीका शेयरधनीहरूले लाभांश प्राप्त गर्ने छन्। बोनस सेयर वितरणपछि चुक्ता तथा जारी पूँजी बढ्ने भएकाले सोही अनुसार कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पास भएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पनि पारित गरिएका छन्। यसका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयमा निर्णय गरिएको छ। कम्पनीले आव ०७९।८० को खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको जानकारी दिएको छ।

साधारण सभा र लाभांश वितरणको उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले माघ २५ गते बुक क्लोज गरको थियो। बुक क्लोजको आधारमा, माघ २४ गतेसम्म कायम शेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्।
 

आइतबार, ११ फागुन २०८१, १३ : २७

प्रतिक्रिया