नेप्सेमा ११.६६ अंकको वृद्धि, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

आइतबार, ११ फागुन २०८१, १५ : ३८

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६६ अंकले बढेर २७५५.४० को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३२८ कम्पनीको २ करोड १२ लाख ६ हजार ५ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा सात उपसूचक हरियाली भएको छ । 

यस दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरि कुमारी सबल योजनाको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ८.०२ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.२९ प्रतिशत, नेपाल रिइन्स्योरेन्स कम्पनीको ७.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
सेयर बजारमा ११ अंकको वृद्धि हुँदा यी कम्पनीको सेयर मूल्यमा उछाल

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ९५ करोड ६४ लाख ५१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाईफ इन्स्योरेन्सको ६१ करोड ४८ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको ६० करोड २९ लाख ४६ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड ६८ लाख ६७ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३६ करोड ११ लाख ७९ हजार रुपैयाँको कारोबार भएको हो ।

आइतबार, ११ फागुन २०८१, १५ : ३८

प्रतिक्रिया