नेप्सेमा दुई कम्पनीको बोनश सेयर सूचीकृत

आइतबार, ११ फागुन २०८१, १६ : ०८

काठमाडौं - नेप्सेमा आज दुई कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश सेयर सूचीकृत भएको हो ।

नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ दशलमव ५० प्रतिशत बोनश सेयर बापत १६ लाख २० हजार ८८७ दशलमव १३३६ कित्ता सेयर सूचिकृत भएको हो भने हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनश सेयर बापत ४० लाख ८ हजार ७८४ दशलमव ९७ कित्ता सेयर सूचिकृत भएको हो । 

यी कम्पनीको सेयर अब दोस्रो बजारमा भोलिबाट कारोबारमा आउनेछ ।

आइतबार, ११ फागुन २०८१, १६ : ०८

प्रतिक्रिया