सम्पदा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

सोमबार, १२ फागुन २०८१, ११ : १५

काठमाडौं - सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन ११ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

लघुवित्तले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पेस गर्ने जानकारी दिएको छ।
 

सोमबार, १२ फागुन २०८१, ११ : १५

प्रतिक्रिया