काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३१० कम्पनीको २ करोड ११ लाख १० हजार ६१९ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । उक्त दिन गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ८० करोड ६७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ६३ लाख १६ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३७ करोड ३१ लाख ६ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३० करोड ३१ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया