वेस्ट बैंकमा भएको हिंसाप्रति राष्ट्रसंघका प्रमुखद्वारा ‘गम्भीर चिन्ता’ व्यक्त

सोमबार, १२ फागुन २०८१, १६ : ४१

काठमाडौं - इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसंघका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैंक) मा इजरायली बसोबास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गरेका छन्  । 

इजरायलले आफ्नो सेना केही महिनासम्म पश्चिम किनाराका शरणार्थी शिविरमा रहने बताएको छ । त्यहाँ बसोबास गर्ने दशौं हजार प्यालेस्टिनीहरू तीव्र सैन्य कारबाहीका कारण विस्थापित भएका छन्। एन्टोनियो गुटेर्रेसले जेनेभामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा भने, “इजरायलीहरूले कब्जा गरेको पश्चिमी किनारामा उनीहरूबाट बढ्दो हिंसा र अन्य उल्लंघनका साथै एकीकरणको मागप्रति म गम्भीर चिन्तित छु ।”

प्यालेस्टाइनको छुट्टै क्षेत्र गाजा पट्टीमा युद्धविराम लागू भए लगत्तै सेनाले एक महिनाअघि पश्चिम किनाराको उत्तरी क्षेत्रमा प्यालेस्टिनी लडाकूविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । जेनिन, तुलकारेम र टुबास सहर नजिकका थुप्रै शरणार्थी शिविरमा वेस्ट बैंकको आक्रमण बिस्तारै विस्तार हुँदै गएको छ ।

आइतबार पनि इजरायली सेनाले जेनिनमा लडाकू ट्यांकर तैनाथ गर्ने घोषणा गरेको थियो । इजरायलले जेनिनमा आफ्नो अभियान ‘विस्तार’ गरिरहेको थियो। सन् २००५ मा दोस्रो प्यालेस्टिनी ‘इन्तिफादा’ भनिने विद्रोहको अन्त्यपछि पश्चिम किनारामा बख्तरबन्द बख्तरबन्द लडाकू गाडीहरू गाडीहरू तैनाथ भएको यो पहिलो पटक हो।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमासको घातक आक्रमणपछि सुरु भएको गाजा युद्ध सुरु भएयता पश्चिमी किनारामा हिसा बढेको छ । गुटेर्रेसले गत जनवरी १९ देखि गाजामा जारी युद्धविरामको महत्वमाथि सोमबार जोड दिए । उनले भने, “हामी अनिश्चित युद्धविरामको साक्षी बनिरहेका छौं । हामीले कुनै पनि हालतमा शत्रुताको पुनरुत्थानबाट बच्नुपर्छ। गाजाका जनताले पहिले नै धेरै दुःख भोगेका छन्,”  । 

उनले भने,“यो स्थायी युद्धविरामको समय हो, बाँकी रहेका सबै बन्धकहरूको सम्मानजनक रिहाई, दुई–राज्य समाधानको दिशामा अपरिवर्तनीय प्रगति, कब्जाको अन्त्य, र गाजालाई एक अभिन्न अङ्गको रूपमा एक स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना यसको निर्दिष्ट लक्ष्य हुनुपर्छ” ।

सोमबार, १२ फागुन २०८१, १६ : ४१

प्रतिक्रिया