कुमारी बैंकको ९७ हजार कित्ता सेयर बिक्रीमा

मंगलबार, १३ फागुन २०८१, ११ : २६

काठमाडौं - कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्री गरिने समेत उल्लेख गरेको छ।

मंगलबार, १३ फागुन २०८१, ११ : २६

प्रतिक्रिया