एभरेष्ट बैंकको ऋणपत्र निष्कासन, वार्षिक ब्याजदर कति ?

आइतबार, १८ फागुन २०८१, १० : १३

काठमाडौं- एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले ३० लाख इकाई ऋणपत्र आजदेखि निष्कासन गरेको हो ।

३० लाख इकाईमध्ये १८ इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने जनाएको छ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि रहेको छ । यसमध्ये ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि रहेको छ ।

१० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ ऋणपत्रको वार्षिक ब्याजदर ७.५० प्रतिशत दिने छ । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ ।

यसमा न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

आइतबार, १८ फागुन २०८१, १० : १३

प्रतिक्रिया