कुलमानलाई सरकारले दियो शून्य नम्बर

सोमबार, १९ फागुन २०८१, १० : ४७

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले शुन्य नम्बर दिएको छ । घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा गरेका कामको मूल्यांकन गर्दै सरकारले उनलाई शुन्य नम्बर दिएको हो ।

घिसिङलाई कार्य सम्पादनको आधारमा पदमुक्त गर्ने उद्येश्यले उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का कै दबावमा शुन्य नम्बर दिइएको बताइएको छ ।

मन्त्रालयले सहसचिव जिवछ मण्डललाई कार्यसम्पादन मूल्यांकन समितिको संयोजक नियुक्त गरेको छ । यद्यपी, कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए । मन्त्री खड्काले घिसिङलाई पदमुक्त गर्न यस अघि पटक पटक स्पष्टिकरण सोधिसकेका छन् ।
 

सोमबार, १९ फागुन २०८१, १० : ४७

प्रतिक्रिया