काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडको गैर शाखाले ५५ जना स्थानीय व्यवसायी तथा समुदायका व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा हालको आर्थिक तथा व्यावसायिक अवस्थाका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, आर्थिक सुधारका लागि बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) बाट आवश्यक सेवाहरू र सहकार्यका सम्भावनाहरूबारे पनि चर्चा गरिएको थियो।
गैर शाखाका प्रमुखले समृद्धि फाइनान्सका वित्तीय सेवाहरू र व्यवसाय प्रवर्द्धनका लागि उपलब्ध सुविधाहरूका बारेमा जानकारी गराउँदै, स्थानीय व्यवसायीहरूसँग निरन्तर सहकार्य गर्न चाहेको बताएका छन्।
स्थानीय व्यवसायीहरूले हालका आर्थिक चुनौतीहरू र आवश्यक वित्तीय सेवाहरूका विषयमा आफ्ना विचार प्रस्तुत गर्दै, बीएफआईहरूले व्यवसाय प्रवर्द्धनमा खेल्न सक्ने भूमिकाबारे सुझाव दिएका थिए।
यस प्रकारका अन्तरक्रिया कार्यक्रमहरूले व्यवसायीहरू र वित्तीय संस्थाहरूबीचको समन्वय तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास गैर शाखाले प्रकट गरेको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ।
प्रतिक्रिया