काठमाडौं - सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत असोज २३ गतेको साधारण सभाले पारित गरेको बोनस सेर बापतको कर तिर्न शेयरधनीहरूलाई आग्रह गरेको छ।
सभाले चुक्ता पुँजीको आधारमा १८ दशमलव ३८११ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको थियो। यसका लागि कम्पनीले बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम तिर्न आग्रह गरेको हो। कर तिरेको भौचर पाएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने जनाएको छ।
साथै सेयर धितो राखेर कर्जा लिएका सेयरधनीले कर तिरेर ऋण लिएको संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बोनस शेयर पठाइने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया