नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट

शुक्रबार, २३ फागुन २०८१, ११ : १०

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले आइपीओ प्राप्त गरका छन् ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा शुक्रबार कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।

जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ ।
 

शुक्रबार, २३ फागुन २०८१, ११ : १०

प्रतिक्रिया