आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा सम्पन्न

आइतबार, २५ फागुन २०८१, १४ : ५८

काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा दियो महल, धुम्बाराही, काठमाडौंमा सम्पन्न गरेको छ।

सभा सन्देशमा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै यस वर्षको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तनका बारेमा छलफल गरियो। यसपछि, सबै वित्तीय विवरण पारित गरिएको छ।

सभाले लेखापरीक्षण समितिको सिफारिसका आधारमा आर्थिक वर्ष २०८१\०८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ। यस निर्णय अनुसार, वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स चाटर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित भएको छ।

त्यस्तै, सभा सन्देशमा आर्थिक वर्ष २०८०\०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरिएको छ, जसमा कर प्रयोजनसमेत समावेश गरिएको छ। सभाले कम्पनीका प्रबन्ध पत्र तथा नियमावलीमा कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सो अनुसार परिवर्तन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।

साथै, कम्पनी ऐन, २०६३ को दफा १०५ ९(ग) बमोजिम संस्थागत सामाजिक उत्तरदायित्वका लागि गरेको खर्चहरूको अनुमोदन पनि गरिएको छ।

आइतबार, २५ फागुन २०८१, १४ : ५८

प्रतिक्रिया