काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो ।
नेप्सेको सीईओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्यनकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन् ।
सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।
सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यसमा पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।
प्रतिक्रिया