आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा खकुरेल नियुक्त

सोमबार, २६ फागुन २०८१, ११ : २७

काठामाडौं - आइसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रामराज खकुरेल नियुक्त भएका छन् । 

कम्पनी सञ्चालक समितिको फागुन २५ गते बसेको बैठकले खकुरेललाई नियुक्त गरेको हो । नवनियुक्त खकुरेल काभ्रपलाञ्चोलक जिल्ला, खरेलथोक वडा नं. ८ मा स्थायी ठेगाना भएका व्यक्ति हुन् । 

उनी वित्तीय क्षेत्रको राम्रो ज्ञान तथा अनुभव भएका व्यक्ति हुन् ।

सोमबार, २६ फागुन २०८१, ११ : २७

प्रतिक्रिया