बेष्ट फाइनान्सको सीईओमा बालनरसिंह घर्ती नियुक्त

सोमबार, २६ फागुन २०८१, १३ : ०७

काठमाडौं - बेष्ट फाइनान्स कम्पनीको सीईओमा बालनरसिंह घर्ती नियुक्त भएका छन् । 

सञ्चालक समितिको आज बसेको बैठकले घर्तीलाई आजैदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो । घर्ती ४ वर्षको लागि सीईओ नियुक्त भएको कम्पनीले जनाएको छ । 

बीएन घर्ती एक दशकपछि बैंकिङ क्षेत्रमा फर्किएका छन्। ११ वर्षअघि उनले तत्कालीन किष्ट बैंकमा कामु सीईओको रूपमा कार्य गरेका थिए र त्यसपछि उनले बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। 

सोमबार, २६ फागुन २०८१, १३ : ०७

प्रतिक्रिया