काठमाडौं - आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले ८० हजार कित्ता संस्थापक सेयर लिलामीका लागि आज आवेदन गर्ने अन्तिम दिन रहेको छ ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेस गर्न सक्नेछन् ।
सेयरको प्रतिकित्ता भाउ न्यूनतम २११ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्ने गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया