काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत १९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस इन्स्योरेन्सको सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।सभामा कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी जम्मा १५।७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया