काठमाडौं - हाल सम्ममा ११ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २४ बीमा कम्पनीहरुमध्ये आव २०८०\८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमा कम्पनी र ६ निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्।
जीवन बीमा कम्पनीहरुको लाभांश:
लाभांश घोषणा गर्ने ५ जीवन बीमा कम्पनीहरुमा सुर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफ रहेका छन्। यी मध्ये सुर्यज्योति लाइफ, आइएमई लाइफ र नेपाल लाइफका पुँजी ५ अर्ब रुपैयाँ पुगिसकेको छ, भने सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफको पुँजी बोनस सेयर वितरणपछि ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
सुर्यज्योति लाइफ: २० प्रतिशत
आइएमई लाइफ: २१.०५२६ प्रतिशत
नेपाल लाइफ: २१.०५ प्रतिशत
सिटिजन लाइफ: २८.४०४३ प्रतिशत
सानिमा रिलायन्स लाइफ" ९.२४८९ प्रतिशत
निर्जीवन बीमा कम्पनीहरुको लाभांश:
निर्जीवन बीमा कम्पनीहरुमा पनि लाभांश वितरण भएको छ। लाभांश घोषणा गर्ने ६ निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल, नेपाल इन्स्योरेन्स र सानिमा जिआइसी रहेका छन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: ३० प्रतिशत
शिखर इन्स्योरेन्स: १०.५२६३ प्रतिशत
हिमालयन एभरेष्ट इन्स्योरेन्स: ८.७५ प्रतिशत
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स: ९.७३६८ प्रतिशत
नेपाल इन्स्योरेन्स: १५.७९ प्रतिशत
सानिमा जिआइसी इन्स्योरेन्स: ७.८९४७ प्रतिशत
नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार, जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन दबाब दिइएको छ। यस दबाबको अन्तर्गत, अधिकांश बीमा कम्पनीहरुले हकप्रदको बाटो अपनाएका छन्।
प्रतिक्रिया