काठमाडौं - समृद्धि फाइनान्सको नारायणगढ शाखाले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। चार वर्षको सफल यात्रा पूरा गर्दै शाखाले विभिन्न ग्राहक केन्द्रित कार्यक्रमहरू आयोजना गरी यो विशेष अवसर मनाएको हो ।
कार्यक्रमका प्रमुख वक्ता तथा शाखा प्रबन्धक कौशल पन्त ले ग्राहकहरूको विश्वास र साथकै कारण शाखाले उल्लेखनीय सफलता हासिल गरेको बताउँदै आगामी दिनमा डिजिटल बैंकिङ र ग्राहक अनुकूल सेवाहरूलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्राहक, साझेदार तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै सेवा विस्तारलाई प्राथमिकता दिइने जानकारी गराए ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो। हाल कम्पनीले १३ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ।
चार वर्षको सफल यात्रासँगै, समृद्धि फाइनान्सले भविष्यमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया