सिटिजन्स बैंकले गर्‍यो ७९ कर्मचारीलाई दीर्घ सेवा सम्मान

शुक्रबार, ०१ चैत्र २०८१, १५ : २१

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ वर्षको सफल यात्रामा १० वर्ष र १५ वर्ष अविरल सेवा प्रदान गरेका ७९ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ।

बैंकले प्रत्येक वर्षको चैत्र १ गते कर्मचारी दिवसका रूपमा मनाउँदै आएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्मचारीलाई प्रमाणपत्र सहित सम्मानित गरे। सिटिजन्स बैंकले २०६४ साल वैशाख ७ गते ४३ कर्मचारीबाट बैंकिङ सेवा सुरु गरेको थियो। 

अहिले बैंकका १८ सय कर्मचारी कार्यरत रहेका छन्। यस अवसरमा बैंकले आफ्नो वार्षिक उत्सव कार्यक्रम पनि आयोजना गर्दै, आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्नका लागि कर्मचारीको योगदानलाई उच्च मान्यता दिएको छ।

बैंकले हालै नेपालमा पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सुरु गरेको छ र मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा पनि उपलब्ध गराएको छ। 

सिटिजन्स बैंक नेपालभर ६० जिल्लामा १९९ शाखा, १६६ ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ ईकाइ मार्फत १८ लाख ५० हजार ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ।
 

शुक्रबार, ०१ चैत्र २०८१, १५ : २१

प्रतिक्रिया