रौतहटमा धार्मिक सद्‌भाव बिगार्न खोज्ने ३ जना पक्राउ

शनिबार, ०२ चैत्र २०८१, १५ : ०६

काठमाडौं- रौतहटमा होली पर्वमा सद्‌भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ ।

१६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो । तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।

गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरीले बताएको छ । त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्‌भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् ।  घाइतेमध्ये एक जना लाई थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।

शनिबार, ०२ चैत्र २०८१, १५ : ०६

प्रतिक्रिया