साझा यातायातले गर्‍यो सीईओका लागि दोस्रो पटक दरखास्त आह्वान

आइतबार, ०३ चैत्र २०८१, ११ : १०

काठमाडौं - साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पुनः दरखास्त माग गरेको छ। पहिलो पटक खुलाइएको आवेदनमा कुनै पनि उम्मेदवार योग्य नदेखिएपछि दोस्रो पटकका लागि आवेदन आह्वान गरिएको हो। 

यसअघि, पुस २९ गते साझा यातायातले सीईओको पदको लागि सूचना प्रकाशन गरी उम्मेदवारको खोजी गरिरहेको थियो। यस पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन लगायतका विषयमा स्नातकोत्तर गरेका ३५ देखि ६३ वर्ष उमेर समूहका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्।

साझा यातायातले सीईओ नियुक्तिका लागि आवेदन दिने म्याद २१ दिन तोकेको छ। यसका लागि उम्मेदवारले विस्तृत कार्य योजना छुट्टै खाममा सिलबन्दी गरी बुझाउनु पर्नेछ, र त्यसको सफ्ट कपि समेत पेस गर्नु पर्नेछ।

सीईओ बन्ने उम्मेदवारले कम्तीमा ५ करोड चुक्ता पुँजी भएको र कम्तीमा १० जना पूर्णकालीन कर्मचारी भएको पाँच वर्ष भन्दा पुरानो कम्पनीमा कार्य अनुभव राख्नु पर्ने साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत स्तरको राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) वा दसौँ तहमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
 

आइतबार, ०३ चैत्र २०८१, ११ : १०

प्रतिक्रिया