काठमाडौं - नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएकी हुन् ।
पोखरेललाई गत फागुन २८ गते नेपाल सरकारको निर्णय अनुसार बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गरिएको थियो। शपथ ग्रहणको अवसरमा, उपप्रधानमन्त्री पौडेलले बीमा क्षेत्रमा सुधार र नवप्रवर्तनको महत्त्वलाई जोड दिएका थिए।
उनले बिमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने, कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बिमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी रहेको बताएका थिए ।
प्रतिक्रिया