समाचार टिप्पणी

करप्सन कन्ट्रोल गर्ने प्रधानमन्त्रीको संकल्पमा के छ दम  ?

आइतबार, ०३ चैत्र २०८१, १४ : ३४

काठमाडौं - चित्र बहादुर के.सी.ले संसदमा सरकारको सुशासनको बारेमा बोल्दै भनेका थिए, ‘म पनि तपाईहरुसितै राजनीतिमा सँगसँगै छु । मेरो अवस्था के छ तपाईको के छ ? म जहाँ पनि एक्लै जान सक्छु । तपाईहरु सक्नुहुन्छ ?’ भनेर प्रश्न गर्दा कसैसँग जवाफ थिएन । उनले अगाडि भने, ‘ तपाइहरु फसिसक्नुभएको छ । त्यसैले केही गर्न पनि सक्नुहन्न । तपाईहरुबाट जनताले क आहा गर्ने ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्दै नागरिकमा आशावाद जनाउने सरकारको मुख्य प्राथमिकता रहेको भनेर नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्दा नेता केसीको भनाइको स्मरण भएको छ । प्रधानमन्त्रीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले अघि बढ्ने योजना पनि उक्त अवसरमा सनाए । 

प्रधानमन्त्रीको भनइ थियो, ‘हामी सक्रिय धैर्यता, सक्रियता योजना हिन होइन,योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन, आशावादीताकासाथ अघि बढेर आशावादीता, योजनावद्धता, सक्रियता र धैयर्ताका साथ अघि बढ्छौँ ।’

आशावादीताका साथ अघि बढ्दा र असम्भव भन्नेकुरा केही पनि नहुने प्रधानमन्त्रीको जिकिर छ । त्यस्तै,  आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि संकल्पका साथ अघि बढिरहेको पनि उनले दाबी गरे । 

राजावादीहरुको गतिबिधिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले हामी सबै एक ठाउँ छौँ, एक ठाउँ भएर लाग्नुपर्दछ । समाजका सम्पूर्ण सेक्सनहरु सबैलाई उठाउन सक्नुपर्दछ । करप्सन कन्ट्रोल र करप्शन अन्त्य गर्ने संकल्पका साथ हामी अघि बढेका छौँ ।’
प्रधानमन्त्रीले भ्रष्टाचार अन्त्य गर्ने आफ्नो लक्षय भएको बताए पनि मुलुकमा भ्रष्टाचार झनै मौलाउँदै गएको तथ्यहरुले देखाएका छन् । यसैबीचमा सरकारले पूर्वविशिष्टहरुलाई आजीवन सेवा सुविधा दिने बिधेयक ल्याउने तयारी गरेको छ । जसको चौतर्फी आलोचना भएको छ । यसले के देखाउँछ भने सरकार नीति बनाएरै भ्रष्टाचार गर्ने योजनामा रहेको छ । युवा जनशक्ति देशमा रोजगार नपाएर विदेशमा नारकीय जीवन बिताउन बाध्य भएको छ । विदेशमा रगत पसिना बगाएर पठाएको रेमिटान्समा नेताहरुले मस्ती गरिरहेका छन् । 

आइतबार, ०३ चैत्र २०८१, १४ : ३४

प्रतिक्रिया