काठमाडौं- कोशी प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका छन् ।
विराटनगरस्थित सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले उद्घाटन गरेका हुन् । कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।
महायज्ञलाई आचार्य पण्डित अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । पाठकको कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुख खापुङले बताए ।
कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया