सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा अवतरण

मंगलबार, ०५ चैत्र २०८१, १२ : २२

काठमाडौं- सिचुवान एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। आजदेखि पोखरा–छेन्दु रुटमा नियमित व्यावसायिक १० हप्ता चार्टर उडान हुने तालिकाअनुसार पहिलो दिन जहाज अवतरण भएको हो ।

सिचुवान एयरलाइन्सको जहाजले १२८ चिनियाँ पर्यटक लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्समा १२८ चिनियाँ पर्यटक लिएर आएको बताएको छ । 

दूतावासले भनेको छ,‘चीनको छेन्दुबाट पहिलो नियमित व्यावसायिक चार्टर उडान भर्खरै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो, १२८ यात्रुहरू सहित पोखरा आइपुग्यो, चाँडै नै यसले १२० भन्दा बढी यात्रुहरूलाई चीन लैजाँदैछ ।’

पोखरा अवतरण भएको जहाज मार्फत नेपालबाट १२० बढी यात्रु लिएर छेन्दु उड्नेछन् । दुई देशबिच पर्यटन प्रवर्द्धनका कार्यक्रम समेत भएकोले पोखरा महानगरका मेयर धनराज आचार्यले यसको नेतृत्व गर्नेछन् ।

मंगलबार, ०५ चैत्र २०८१, १२ : २२

प्रतिक्रिया