त्रिविमा स्ववियु निर्वाचन रोक्न उच्च अदालतले दियो आदेश

बुधबार, ०६ चैत्र २०८१, १५ : ४४

काठमाडौं - कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आगामी स्ववियु निर्वाचन रोक्न उच्च अदालतले आदेश दिएको छ। 

नेविसंघका नेता विष्णु बडैलाले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले चुनाव रोक्न आदेश दिएको हो । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् । 

यसअघि चुनावको बारेमा भएको विवादको समाधानका लागि सर्वदलीय सहमति भएको थियो र ८ गते मतदान गर्ने तयारी भएको थियो। तर, क्याम्पसमा आजमात्र सहमति भएकाले नेविसंघले लगाएको ताला पनि खुलाएको थियो।
aadesh-tu

बुधबार, ०६ चैत्र २०८१, १५ : ४४

प्रतिक्रिया