काठमाडौं - गोर्खा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति खारेज गरिएको छ ।
संस्थाको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीलाई सीइओ नियुक्त गरेको ५०३ औं बैठकको निर्णय खारेज गरेको हो । उक्त निर्णय खारेज भएसँगै संस्थाका प्रमुख कार्यकारी अधिकृत अधिकारी पनि पदमुक्त भएका छन् ।
कम्पनीको हिजो बसेको बैठकले हाल कायम रहेका सीईओ अधिकारीको सम्बन्धमा कुनै पनि सम्झौता नगरिने समेत निर्णय गरिएको जनाएको छ ।
प्रतिक्रिया