सिटिजन लाइफले बोलायो वार्षिक साधारण सभा

सोमबार, ११ चैत्र २०८१, ११ : १०

काठमाडौं - सिटिजन लाइफले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेस गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । 

सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सोमबार, ११ चैत्र २०८१, ११ : १०

प्रतिक्रिया