काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनी विक २०२५ ९चैत ४(१०० को अवसरमा “Think before you follow, wise money tomorrow” नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सफलतापूर्वक सम्पन्न गरेको छ।
वित्तीय व्यवस्थापनको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभरका विभिन्न शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको हो। वित्तीय सचेतनालाई प्रवर्द्धन गर्नका लागि बुटवल शाखाले चैत ५ गते नेपाल राष्ट्र बैंक बुटवलद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको थियो।
त्यसैगरी, नारायणगढ शाखाले चैत ८ गते बैंकर्स एसोसिएसन नारायणगढद्वारा आयोजित र्यालीमा, हेटौंडा शाखाले बैंकर्स एसोसिएसन हेटौंडाद्वारा आयोजित र्यालीमा, र जनकपुर शाखाले नेपाल राष्ट्र बैंक जनकपुरद्वारा आयोजित र्यालीमा सक्रिय सहभागिता जनाएको थियो।
वित्तीय साक्षरताका कार्यक्रमहरूअन्तर्गत चैत ६ गते पुतलीसडक शाखाले काम्यक स्कुलका कक्षा ९ का ३१ विद्यार्थीलाई शाखा भ्रमण गराई वित्तीय साक्षरता प्रशिक्षण प्रदान गर्यो। त्यसैगरी, चैत ७ गते पोखरा शाखाले श्री राम आधारभूत विद्यालय, पोखरा(०८ का २० शिक्षकहरूलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएको थियो।
समृद्धि फाइनान्सका विभिन्न शाखाहरूले लक्षित समुदायहरूका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। इटहरी शाखाले चैत ८ गते ग्रीनलाइफ स्टाइल मार्केटिङका ५० युवालाई वित्तीय सचेतना सम्बन्धी जानकारी प्रदान गर्यो। गैर शाखाले युनिभर्सल एकेडेमीका २५ विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिएको थियो।
त्यसैगरी, बुटवल शाखाले २८ जना युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापनबारे प्रशिक्षण गर्यो। मधुबन शाखाले माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलका ४० विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो।
त्यस्तै, चैत १० गते बनेपा शाखाले चैतन्य कलेजका कक्षा १२ का विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्यो। औंही शाखाले द सनराइज बोर्डिङ स्कुलका ४५ विद्यार्थीलाई तथा खरेन्द्रपुर शाखाले समयाथान माध्यमिक विद्यालय, शिवराज-४, खरेन्द्रपुरका ४५ विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गर्यो।
समृद्धि फाइनान्सले वित्तीय सचेतना वृद्धिमा महत्त्वपूर्ण योगदान दिँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। वित्तीय ज्ञान र सचेतनाले मात्र भविष्यलाई सुरक्षित बनाउन सकिन्छ भन्ने सन्देश दिंदै, संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता अभियानहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ। संस्थाले RTGS, IPS, Connect IPS, , रेमिट्यान्स, क्लियरिङ्ग, मोबाइल बैंकिङ, डेबिट कार्ड, QR कोड जस्ता डिजिटल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको छ।
प्रतिक्रिया