माओवादीकी घाइते पूर्वलडाकुको उपचारका लागि राजावादीको आर्थिक सहयोग

मंगलबार, १२ चैत्र २०८१, १२ : २६

काठमाडौं- माओवादी जनयुद्धकी घाइते पूर्वलडाकुको उपचारका लागि एक राजावादीले आर्थिक सहयोग गरेका छन् । पार्चुगलमा रहेका रासंस्था पुनस्र्थापनाका पक्षधर पूर्व पर्यटन प्रबद्र्धक रमेशराज बास्तोलाले माओवादीकी घाइते लडाकु मञ्जु धमलाको उपचारका लागि दश हजार सहयोग गरेका हुन् ।

पोर्चुगलका लागि नेपाल सरकारको पयर्टन प्रबद्र्धक रहेका बास्तोला पूर्वराजाको पक्षमा उभिएपछि नेपाल सरकारले निष्कासन गरेको थियो । उनले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी वक्तव्यलाई समर्थन गरेपछि निष्कासित भएका थिए ।

उनै बास्तोलाले माओवादी पूर्वलडाकु धमलाको उपचारार्थ दश हजार आर्थिक सहयोग गरेका हुन् । धमला माओवादीद्वारा सञ्चालित दश वर्षे जनयुद्धमा घाइते भएकी पूर्वलडाकु हुन् । उनको काठमाडौंस्थित किष्ट अस्पतालमा उपचारका लागि आर्थिक अभाव भएपछि नेपाल सरकारका पूर्वसचिव एवं अभियन्ता भीम उपाध्यायले सामाजिक सञ्जालबाट सहयोग आह्वान गरेका थिए । 

सामाजिक सञ्जालमार्फत उपाध्यायले आर्थिक सहयोगका लागि आह्वान गरेपछि पोर्चुगलमा रहेका बास्तोलाले दश हजार सहयोग गरेका हुन् । अहिले धमला उपचारपछि अस्पतालमा रकम बुझाएर गृह जिल्ला सुर्खेत फर्किन लागेको उपाध्यायले जानकारी दिएका छन् ।

माओवादी जनयुद्धको क्रममा २०६१ असार २१ मा घाइते भएकी पूर्वलडाकू धमलाको किष्ट हस्पिटलमा खुट्टाको हड्डी कुहिएको कारण शल्यक्रिया गरिएको थियो । विपन्न परिवारकी उनीसँग उपचार गराउन सक्ने पैसाको अभाव रहेको र कतैबाट सहयोग नपाएपछि उपाध्यायले सहयोग जुटाउन पहल गरेका थिए ।

यो समेत उनलै ३५ वटा शल्यक्रिया गराईसकेको र अरू एउटा शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । त्यसका लागि डेढ महिनापछि अस्पतालले पुनः,बोलाएको छ। अस्पतालमा ५८ हजार औषधीको बील तिर्न पैसा अभाव भएपछि पूर्वसचिव उपाध्यायले फेसबुकबाट सहयोगको लागि आग्रह गरेका थिए ।

मंगलबार, १२ चैत्र २०८१, १२ : २६

प्रतिक्रिया