काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औँ वार्षिक साधारण सभा भोलि चैत १९ गते, मंगलबार बस्दैछ । कम्पनीको साधारण सभा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
सभाले कम्पनीको आर्थिक वर्ष २०८१\८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । वर्तमान लेखापरिक्षक पुनः नियुक्ति हुन सक्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया