बिम्स्टेक सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड प्रस्थान

विहीबार, २१ चैत्र २०८१, १२ : ४६

काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बैंकक प्रस्थान गरेका छन् । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिनुहुनेछ, साथै, थाइल्याण्डमा रहँदा त्यहाँका प्रधानमन्त्री पेटोङतार्न शिनावात्रा लगायत यस क्षेत्रका  नेताहरूसँग भेटवार्ता पनि गर्नेछन्  । 

सम्मेलनमा बिम्स्टेकसदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्डका उच्च प्रतिनिधि सहभागी हुन बैंकक पुगिसकेका छन् । बंगलादेशी सञ्चारमाध्यमले मोदी र मोहम्मद युनुसले दुवै सरकारका शीर्ष नेताबीच ‘टिट फर ट्याट’ को विवाद भएपछि तनाव कम गर्न भेट हुनसक्ने बताएका छन् । 

सन् २०२४ को अगस्टमा भारतको पुरानो सहयोगी शेख हसिनालाई विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री पदबाट हटाएपछि उहाँ नयाँदिल्लीमा शरण लिन पुगेका थिए । हसिना नेतृत्वको सरकारको उत्तराधिकारीका रूपमा नोबेल पुरस्कार विजेता युनुसले बंंगलादेशको बागडोर सम्हालेका थिए  ।  

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनी प्रधानमन्त्रीबाट अपदस्थ भएसँगै दुई देशबीचको सम्बन्धमा समस्या देखिएको विश्लेषकहरूले जनाएका छन् ।  भारतमा रहेकी हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बंगलादेशको सुपुर्दगी अनुरोधलाई अस्वीकार गरेका छन्  । 

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले उक्त अनुरोध ‘समीक्षाको क्रममा’ रहेको बताएपछि युनुसले मोदीसँग भेटवार्ताको माग गरेका थिए  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको नेपाली सञ्चारमाध्यमले जनाएका छन् । भारतले उक्त बैठकको पुष्टि गरेको छैन ।

कोलम्बोले आफ्नो शक्तिशाली उत्तरी छिमेकी र चीनको प्रतिस्पर्धी स्वार्थसँग जुधिरहेका बेला मोदीले त्यसपछि आफू वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेसँग वार्ताका लागि श्रीलंका जाने बताएका छन। 

श्रीलंकाको राष्ट्रपति कार्यालयले मोदी नयाँ प्रशासनअन्तर्गत श्रीलंकाको भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख हुने जनाएको छ । गत वर्ष निर्वाचित भएपछि दिसानायकेको पहिलो विदेश भ्रमण नयाँ दिल्लीमा भएको थियो ।
 

विहीबार, २१ चैत्र २०८१, १२ : ४६

प्रतिक्रिया